coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

झापा गोल्डकप : सिक्किमलाई हराउँदै झापा ११ सेमिफाइनलमा

सुरुङ्गा – झापा ११ फूटबल क्लब सिक्किम युनाइटेड क्लब भारतलाई २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। 

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो रमपम झापा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा १७ औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्दै अग्रता लिए पनि हारबाट जोगिन सकेन। 

झापाका डिफेन्डर देवेन्द्र तामाङले सिक्किमका खेलाडीलाई लडाएपछि पाएको फ्रि किकलाई सिक्किमका कुनल तामाङले प्रहार गरेका थिए। उक्त प्रहारलाई हेडमार्फत लेप्चाले पोष्टको जाली चुमाएका थिए। 

सिक्किमले अग्रता लिएको ७ मिनेट बित्न नपाउँदै झापाका स्ट्राइकर खमिर गिल्सन कन्दङवाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। १–१ को बराबरी रहेको झापाले अर्को गोल उपहारमार्फत पाएको थियो। 

खेलको ४२ औँ मिनेटमा विश्वास श्रेष्ठको क्रस पासमा डि एरियाभित्र रहेका सिक्किमका खेलाडीलाई टच हुँदै गोल भएपछि झापाको अग्रता दोब्बर भएको थियो। 

प्रतियोगिताको म्यान अफ द म्याच बिजेता टीम झापा ११ का विश्वास श्रेष्ठ घोषित हुँदै रु २५ हजार पुरस्कार प्राप्त गरेका छन्। 

बिहीबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी प्रतिष्पर्धा गर्ने आयोजक समितिले जनाएको छ। प्रतियोगिताको बिजेताले रु १२ लाख ५१ हजार, उपबिजेताले छ लाख र ट्रफी पाउने आयोजक समितिले जनाएको छ। 

प्रकाशित: २३ फाल्गुन २०७४ १६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App