५ वैशाख २०८१ बुधबार
खेल

च्याम्पियन्स लिग : रियल मड्रिड र लिभरपुल क्वाटरफाइनलमा प्रवेश

पेरिस – स्पेनिस क्लव रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छ। प्रतियोगिताअन्र्तगत मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा पेरिस सेन्ट जर्मेनलाई उसैको मैदानमा २–१ ले पराजित गर्दै रियलले अघिल्लो चरणको यात्रा तय गरेको हो।

खेलको ५१ औं मिनेटमा लुकास भाज्क्वेजको पासमा रियलका क्रिष्टियानो रोनाल्डोले हेडमार्फद गोल गर्दै अग्रता दिलाएपनि पिएसजीका एडिन्सन काभानीले ७१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर ८० औं मिनेटमा रियलका क्यासिमिरोले गोल गर्दै रियलको जित सुनिश्चित गरे। खेलको ६६ औं मिनेटमा मिडफिल्डर मार्को भेराट्टी रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडमा सिमित भएको थियो।

यो सँगै पहिलो लेगमा ३–१ ले विजयी भएको रियल मड्रिडले गएरातिको जितसँगै खेल समग्रमा ५–२ ले आफ्नो पक्षमा पार्दै अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएको हो।

त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा पोर्चुगलको एफ.सी पोर्टोसँग गोलरहित बराबरीमा रोकिएपनि इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ। लिभरपुल पहिलो लेगमा ५–० ले बिजयी भएको थियो।

यो सँगै समग्रमा ५–० ले खेल आफ्नो पक्षमा पार्दै लिभरपुल अन्तिम आठमा प्रवेश गरेको हो। लिभरपुल सन् २००९ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो।

प्रकाशित: २३ फाल्गुन २०७४ ०५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App