coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

झापा गोल्डकप : मनाङ मस्र्याङ्दी र सहारा क्लब भिड्दै

झापा – झापाको बिर्तामोडमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा मंगलबार (आज) मनाङ मस्र्याङ्दी र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुँदैछ।
खेल डोमालाल राजबंशी रंगशालामा दिउँसो ३ः०० बजे पछि सुरू हुँनेछ।
यसअघि सोमबार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले पराजित गर्दै थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगितामा १० टोली आयोजक झापा ११, रुपन्देही, मनाङ–मस्र्याङ्दी, थ्री स्टार, हिमालयन शेर्पा, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, सुदूरपश्चिम र भारतको सिक्किम युनाइटेडको सहभागिता रहेको छ।

फागुन २८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार तथा उप विजेताले ६ लाख प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले २५ हजार रूपैयाँ पाउने आयोजकले जानकारी दिएको छ। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान मोटरसाइकल प्राप्त गर्नेछन्।

गतवर्ष सम्पन्न दोस्रो संस्करणको उपाधि आयोजक झापा ११ लाई १–० ले पराजित गर्दै मनाङ मस्र्याङ्दीले जितेको थियो।

प्रकाशित: २२ फाल्गुन २०७४ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App