१६ चैत्र २०८० शुक्रबार
खेल

गोन्डेनगेट र विशाल मिलनको जित

काठमाडौं – गोन्डेनगेट कलेज र विशाल मिलन केन्द्रले सोमबार प्रथम क्विक्स पुरुष बास्केटबल लिगमा विजयी नतिजा निकालेका छन्।
गल्फुटारस्थित बुढानीलकण्ठको घरेलु कोर्टमा सम्पन्न खेलमा गोल्डेनगेटले ९२–७६ को स्कोरमा जित हात पारेको हो । पहिलो क्वार्टर ३०–१९ को स्कोरमा जितेको गोल्डेनगेटले दोस्रो क्वार्टर ३०–१५ ले गुमायो । तर त्यसपछिका दुई क्वार्टरमा पुनः उत्कृष्ट प्रदर्शन गर्र्दै गोन्डेनगेटले नतिजा आफ्नो पक्षमा पारेको हो । गोन्डेनगेटले तेस्रो क्वार्टर २५–१३ र चौथो क्वार्टर २२–१४ को स्कोरमा जित्यो।
गोल्डेनगेटका अनिश शाही ठकुरीले सर्वाधिक २४ स्कोर गरे।

सोमबारै विशाल मिलन केन्द्रले जेभियर इन्टरनेसनल कलेजमाथि ७७–७५ को रोमाञ्चक पाँचाैं जित निकाल्न सफल भएको छ । ७ खेल खेलेको विशाल मिलन केन्द्रको तालिकामा १५ अंक भएको छ।

विशाल मिलन केन्द्रका प्रयुस श्रेष्ठले सर्वाधिक ३० स्कोर गरेको खेलमा केन्द्रले पहिलो क्वार्टर १९–२५ ले गुमाएको थियो । १८–८, १८–१६ को स्कोरमा दोस्रो र तेस्रो क्वार्टरमा उत्कृष्ट पुनरागमन गरेको केन्द्र चौथो क्वार्टरमा २२–२६ ले पराजित भए पनि समग्रमा ७७–७५ स्कोर निकाल्दै  तालिकामा महत्वपूर्ण ३ अंक जोड्न सफल भयो।

प्रतियोगितामा मंगलबार हिमालयन हन्ड्सले गोल्डेनगेट इन्टरनेसनल कलेजसँग शंकरदेव क्याम्पसको कोर्टमा खेल्नेछ भने कीर्तिपुरको कोर्टमा हुने अर्को खेलमा कीर्तिपुर बास्केटबल टिमले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।

प्रकाशित: २२ फाल्गुन २०७४ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App