८ वैशाख २०८१ शनिबार
खेल

नेपालको दोस्रो विकेट गुम्यो, पारस खड्का आउट

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपाल अहिले आयोजक टोली जिम्बाव्बेविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ।

क्विन्स स्पोर्टस क्लबमा ३८१ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। १३.२ ओभरमा नेपालले ६३ रन जोड्दा कप्तान पारस खड्का आउट भएका छन्। 

३७ बल खेलेका पारसले ८ चौकासहित ४० रन बनाए। पारस आउट भएसँगै दिपेन्द्र सिंह ऐरी क्रिजमा आएका छन्।

दिपेन्द्र सिंह ऐरीले तेस्रो चौका प्रहार गरेका छन्। १६ औं ओभरमा २ विकेट गुमाएर ८० रनमा नेपाल खेलिरहेको छ।

उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो चौका प्रहार गरेका छन्। १९ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै नेपालले ९५ रन बनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७४ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App