आइसिसी यु–१९ विश्वकप क्रिकेट अन्र्तगत नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसंग खेलिरहेको छ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः ४५ बजे सुरु भएको खेलमा न्यूजिल्याण्डले पहिला व्याटिङ गरिरहेको छ। ताजास्थीतीमा न्यूजिल्याण्डले ३२ओभरमा ३ विकेट गुमाएर १४४ रन बनाएको छ ।
नेपालले पहिलो विकेट १० दशमलब १ ओभरमा , दोस्रो विकेट १३ दशमलब ५ ओभरमा तथा तेस्रो विकेट १४ दशमलब ३ ओभरमा लिएको हो।न्युजिल्याण्डले पहिलो विकेट गुमाउँदा ५३ रन दोस्रो विकेट गुमाउँदा ६६ रन तथा तेस्रो विकेट गुमाउँदा ६७ रन बनाएको थियो । नेपालका लागि पहिलो विकेट शुभाष भण्डारीले दोस्रो विकेट तिलक भण्डारीले तथा तेस्रो विकेट दिपेश कडेलले लिएका हुन।
नेपालको समूहमा रहेको पाकिस्तानले हिजो अफगानिस्तानलाई हराएको थियो।
नेपाली टोलीः
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कंडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा, आकाश चन्द
प्रकाशित: ७ माघ २०८० १०:१९ आइतबार