१६ चैत्र २०८० शुक्रबार
खेल

विशाल मिलन केन्द्र र हिमालयन हन्ड्सको जित

काठमाडौं – विशाल मिलन केन्द्र र हिमालयन हन्ड्सले मंगलबार प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा विजय हासिल गरेका छन्।

मंगलबार भएको खेलमा विशाल मिलन केन्द्रले गोल्डेनगेट कलेजलाई ७०–६३ को स्कोरमा पराजित गरेको हो । विशाल मिलनले पहिलो क्वार्टरमा २२–१६, दोस्रो क्वार्टरमा १४–१३, तेस्रो क्वार्टरमा १४–१९  र चौथो क्वार्टरमा २०–१५ को स्कोर बनाएको थियो । विशाल मिलनका सन्देश तामाङले सबैभन्दा धेरै २३ अंक जोडे।

चारमध्ये दुई खेलमा विजय हासिल गरेको विशाल मिलन पाँचाैं स्थानमा कायम छ ।  ९ अंक जोडेको हिमालयन हन्ड्स ९ दोस्रो स्थानमा छ । लिगमा अपराजित रहेको आर्मी १५ अंकसहित शीर्ष स्थानमा छ।

मंगलबारै भएको अर्काे खेलमा हिमालयन हन्ड्सले जेभियर कलेजलाई उसकै कोर्टमा ६४–५९ को स्कोरमा हराएको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयनले पहिलो क्वार्टरमा १३–१७, दोस्रो क्वार्टरमा १४–७, तेस्रो क्वार्टरमा १७–१६  र चौथो क्वार्टरमा २१–१८ को स्कोर गरेको थियो। विशाल मिलन केन्द्रले बुधबार टिम बुढानिलकण्ठ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । गोल्डेनगेट कलेजले साउथ साइडर्ससँग खेल्नेछ।
 

प्रकाशित: १६ फाल्गुन २०७४ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App