७ वैशाख २०८१ शुक्रबार
खेल

फिफाद्वारा समर्थन गर्न फुकुवा

लन्डन– फिफाले चौतर्फी विरोध भएसँगै आफ्ना सदस्यलाई सन् २०२६ को विश्वकपको आयोजना दाबीमा सार्वजनिक रूपमा समर्थन गर्नमा लगाएको प्रतिबन्ध हटाएको छ।

फिफाले गत महिना मतदातालाई विश्वकप दाबीमा कुनै पनि सार्वजनिक प्रतिक्रिया नदिन निर्देशन दिएको थियो ।सन् २०२६ को विश्वकपका लागि अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त तथा मोरक्कोले आयोजना दाबी गरिरहेका छन् ।

‘विश्वकप आयोजनाका लागि कुनै एक आयोजक राष्ट्रलाई समर्थन गर्दै सार्वजनिक प्रतिक्रिया दिनु आचारसंहिताविरुद्ध हो,’ फिफा महासचिव फातिमा सामौराले भनिन् ।सन् २०२६ विश्वकप आयोजनाका लागि जुन १३ मा मतदान हुँदै छ ।फिफाले २०२६ को विश्वकपको सहभागी राष्ट्रको संख्या ३२ बाट ४८ पुर्याउने निर्णय गरेको थियो ।

 

प्रकाशित: १० फाल्गुन २०७४ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App