२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

नेशनल इन्फोटेक कलेजले ग्लोबल बिजनेस कलेजलाई हरायो

तेस्रो नेशनल इन्फोटेक अन्तर कलेज ट्वान्टीट्वान्टी क्रिकेट कपअन्तर्गत आज उद्घाटन खेलमा आयोजक नेशनल इन्फोटेक कलेज विजयी भएको छ।

वीरगञ्जस्थित नारायणी रङ्गशालामा आज शुक्रबार भएको उद्घाटन खेलमा ग्लोबल बिजनेस कलेजलाई २३ रनले हराउँदै नेशनल इन्फोटेक कलेज विजयी भएको हो।

टस जितेर ब्याटिङ रोजेको नेशनल इन्फोटेकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३६ रन जोडेको थियो।

नेशनल इन्फोटेकका लागि नितेश चौधरीले २६ बल खेलेर १ छक्का र ३ चौकाको सहयोगमा ३२ रन जोडे भने संदेश गुप्ताले ३३ बल खेलेर १ छक्का र २ चौकाको सहयोगमा ३० रन जोडे।

जवाफी ब्याटिङमा उत्रेको ग्लोबल बिजनेस कलेजले भने निर्धारित २० ओभर खेलेर पनि नेशनल इन्फोटेकले दिएको लक्ष्य भेटाउन सकेन। उसले २० ओभरमा ९ विकेट गुमाउँदै केवल १२३ रन जोड्न सक्यो।

ग्लोबलका लागि सोनु पटेलले ३७ बल खेलेर ५ चौकाको सहयोगमा ४० र ऋतिक पटेलले ३६ बल खेलेर ४ चौकाको सहयोगमा २८ रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन्।

खेलमा ३ ओभर खेलाएर २३ रन खर्चिंदै ४ विकेट लिने सलमान मन्सूर प्लेयर अफ द म्याच घोषित भए।प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुने छन्।पहिलो खेल वीरगञ्ज पब्लिक कलेज र वीरगञ्ज कलेज प्रालि बिच हुने छ भने दोस्रो खेल वीरगञ्ज सेन्ट्रल कलेज र सेन्ट जेभियर्स बिच हुनेछ।

प्रकाशित: २७ पुस २०८० १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App