७ वैशाख २०८१ शुक्रबार
खेल

टोटेनह्याम प्रतीक्षा गर्न बाध्य

लन्डन – कमजोर मानिएको प्रतिद्वन्द्वी रोचडालेसँग आइतबार एफए कप पाँचौं चरणको खेलमा २–२ को बराबरीमा सीमित भएपछि टोटेनह्यामको प्रतियोगिता यात्राले अर्को प्रतीक्षा गर्नुपर्ने भएको छ।

ह्यारी केनले समय सकिन दुई मिनेट बाँकी रहँदा पेनाल्टीमा गोल गरेपछि टोटेनह्याम अन्तिम आठ पुग्ने सम्भावना बलियो बनेको थियो । तर इन्जुरी समयमा स्टिभ डेभिसले रोचडालेका लागि बराबरी गोल गरेपछि क्वार्टरफाइनल पुग्ने आशामा टोटेनह्यामले वेम्बलीमा रिप्ले खेल्नुपर्ने भएको छ । टोटेनह्यामले आफ्नो मैदान ह्वाइट हार्ट लेन पुनर्निर्माणको क्रममा रहेकाले अस्थायी रूपमा वेम्बलीलाई घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ।

चौथो चरणमा पनि टोटेनह्यामले अगाडि बढ्नका लागि रिप्लेसम्म संघर्ष गर्नुपरेको थियो । चौथो डिभिजनको न्युपोर्ट काउन्टीविरुद्ध गोलरहित बराबरीमा सीमित भएपछि टोलीले वेम्बलीमा रिप्ले खेल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो।

अन्तिम १६ को रिप्लेमा विजयी हुने टोलीले क्वार्टरफाइनलमा शेफिल्ड वेनस्डे वा स्वान्सीमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार हिल्सब्राउमा सम्पन्न खेलमा गोलरहित बराबरी नतिजा निकालेका शेफिल्ड वेनस्डे र स्वान्सीले पनि रिप्लेबाट क्वार्टरफाइनल पुग्ने टोलीको टुंगो लगाउनेछन्।

अन्य क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडले ब्राइटन एन्ड होभसँग खेल्नेछ । जुन १९८३ को फाइनलको रिप्ले हुनेछ । त्यति बेला युनाइटेडले बाजी मारेको थियो । अर्को क्वार्टरफाइनलका लागि चेल्सीले लेस्टर सिटीको भ्रमण गर्नेछ।

म्यानचेस्टर सिटीले ऐतिहासिक रूपमा प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप र लिग कप गरी चार उपाधि जित्ने लक्ष्य जीवित राख्न सोमबार पाँचौं चरणको खेलका लागि विगानको भ्रमण गर्दै  छ । पाँचौं चरणका रिप्ले मार्च १६ देखि १९ को बीचमा हुनेछ।
 

प्रकाशित: ८ फाल्गुन २०७४ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App