१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पुलिस हेटौंडा गोल्डकपको सेमीफाइनलमा

मकवानपुर – टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा बिजय युथ क्लबलाई घरेलु मैदानमा पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ। पुलिसले बिजय युथलाई ३–० फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको तेश्रो संस्करणको सेमिफाईनलको यात्रा तय गरेको हो।

२ बर्षअघिको सिमरा गोल्डकपको उपाधि बिजेता हेटौंडाको विजय युथ क्लबले पुलिसको दरिलो सामना गर्न सकेन। नेपाल पुलिसका अभिषेक रिजालले ११ औं मिनेटमा प्रहार गरेको बलले पहिलो गोल गर्दै जाली चुमेपछि पुलिसको टिममा उत्साह छाएको थियो। पहिलो हाफममा बिजय युथलाई निक्कै दबाबमा राखेको पुलिसका तर्फबाट अभिषेक रिजालले ४० औं मिनेटमा दोश्रो गोल गरेपछि पुलिस बजय नजिक पुगेको थियो। दोश्रो हाफमा केही आक्रामक बनेको बिजय युथलाई रोक्दै पुलिसका रवि पासवानले ५९ औं मिनेटमा गोल गरेर ३–० गोल अन्तरमा पु¥याएका थिए। 

खेलको ८१ मिनेटमा बिजय युथका मनोज बिष्टलाई फउल दिदापनि पुलिसका प्रिलेन तामाङ्गमाथि हातपात गरेपछि रेफ्रीले रेड कार्ड दिएका थिए। बिष्टको बहिरगमनपछि १० जनामा सिमित भएको बिजय युथ खेलमा हारसँगै प्रतियोगिताबाटै बाहिरिएको छ। यसअघि सशस्त्र प्रहरीको एपीएफ क्लब पनि प्रतियोगिताबाट बाहिरी सकेको छ। 

हेटौँडा–१० स्थित वन विज्ञान संस्थानको खेलमैदानमा आईतबार भएको प्रतियोगितामा पुलिसका अभिषेक रिजाल म्यान अफ दी म्याच घोषित भए। पुलिसले अब समूह ‘बी’मा रहेका ४ टिममध्ये संकटा क्लब र थ्रि स्टार क्लबमध्ये बिजेतासँग बिहिबार सामना गर्नेछ। समुह चरणको अन्तिम खेलमा संकटा क्लब बिरुद्ध थ्रि स्टार क्लब मंगलबार भिड्दैछन्।

प्रतियोगिता अन्तरगत सोमबार समूह ‘ए’ अन्तरगतको ४ टिममध्ये समुह चरणको अन्तिम खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबको सुदूरपश्चिम ११ ले सामना गर्दैछन्। समूह ‘ए’ अन्तरगतको ४ टिममध्ये सशस्त्र प्रहरीको एपीएफलाई आईतबार ०–१ गोलले हराउँदै मनाङ मस्र्याङ्दी क्लब सेमिफाईनलमा प्रवेश गरिसकेको छ। सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको फाईनल खेल फागुन १२ गते हुने आयोजकले जनाएको छ । क

रिब ६० लाख रुपैंया खर्च हुने फूटबल प्रतियोगिताको प्रथम हुने टिमले उपाधीसहित नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ५ विधा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवर्ड र उत्कृष्ट प्रशिक्षकले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। भूकम्पका कारण काठमाडौंमा निधन भएका हेटौंडाका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा प्रतिष्ठान गठन गरिएको हो। 

प्रकाशित: ६ फाल्गुन २०७४ १५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App