१५ चैत्र २०८० बिहीबार
खेल

खेलाडी सम्मानित

काठमाडौं – बनेपा नगरपालिका, मोर्डन कलेज र तेक्वान्दो (आइटिएफ) नेपालले शुक्रबार अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरुलाई सम्मान गरेको छ।

गतवर्ष दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियन तेक्वान्दो च्याम्पियनसिप स्पारिङमा स्वर्ण तथा कोरिया ओपन अन्तर्राष्ट्रिय फेस्टिबलमा स्पारिङ र प्याट्रनमा क्रमश रतज र कांस्य पदक जितेका सम्सन लामिछानेलाई शुक्रबार नगदसहित सम्मान गरेका छन्।

सम्सनलाई बनेपा नगपालिका र मोर्डन कलेजले २०÷२० हजार रुपैयाँ प्रदान गर्दा मोर्डन कलेजले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ।

त्यस्तै बेंगलोरमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका विविका बस्नेत, आशिष थापा, शान्तकुमार थापा मगर र निशान्त लामिछोन पनि सम्मानित भए।

 

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App