७ वैशाख २०८१ शुक्रबार
खेल

सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप फागुन १९ देखि

दमक- मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप फागुन १९ गतेदेखि शुरु हुने भएको छ। बिर्तामोडको डोमलाल रंगशालामा हुने प्रतियोगीता फागुन २८ गतेसम्म चल्ने छ । प्रतियोगीतामा बिजेताले यस पटक भने १२ लाख ५१ हजार नगद पाउने छन् । यो अहिलेसम्मको काठमाडौं बाहिरका प्रतियोगीता मध्ये सबै भन्दा बढी पुरस्कार राशी हो।

यस अघि सम्पन्न मदन भण्डारी गोल्डकपको राशी १२ लाख रुपैयाँ रहेको थियो । अघिल्लो पटक झापा गोल्डकप बिजेताले ७ लाख रुपैयाँ पाएका थिए । गोल्डकपमा आयोजक सहित १० टीमको सहभागिता रहने आयोजक समितिलेका अध्यक्ष महेन्द्र गिरीले बताए । उनले बिगतमा भन्दा यस पटक पुरस्कार राशी बढाएर खेलाडीलाई थप प्रहोत्सान गर्न खोजिएको बताए । मोफसलमा सवैभन्दा बढी राशीको प्रतियोगीताले समग्र खेल क्षेत्रको विकासमा समेत टेवा पुग्ने छ, उनले भने, यसले खेलाडीलाई थप हौसला समेत प्रदान गर्नेछ । उनले गोल्डकपमा आयोजक झापा ११ सहित मनाङ मस्र्याङदी क्लब, थ्री स्टार, हिमालयन शेर्पा, सुदुर पश्चिम ११, रुपन्देही ११को सहभागीता रहने बताए । यसैगरि नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी तथा भारत सिक्किमको युनाइटेट क्लबको सहभागिता रहने छ । यस वर्ष गोल्डकप सम्पन्न गर्न करिब १ करोड खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगीताको उपाबिजेतालाई नगद ६ लाख रुपैयाँ जित्ने छन् । यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने २ खेलाडीलाई मोटरसाइकल र म्यान अफ द म्याचलाई नगद २५ हजार प्रदान गरिने छ । प्रतियोगीता भर टिक बिक्रीबाट ४२ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको आयोजक समितिका कोषाध्यक्षा केदार गिरीले बताए।

 

 

प्रकाशित: २ फाल्गुन २०७४ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App