१५ चैत्र २०८० बिहीबार
खेल

नेपालले ८ विकेट लियो

नामिबिया– नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पाँचौ तथा अन्तिम खेलमा नेपालले क्यानडाको समाना गरिरहेको छ। टस जितेर फिल्डिङ गरिरहेको नेपालका

बसन्त रेग्मीले ४४ औं ओभरमा डि हेलिगरलाई ८ औं विकेटका रुपमा आउट गरेका छन्।

बसन्त रेग्मीको बलमा पारस खड्काले ७ औं विकेटका रुपमा ज्ञान दत्तलाई क्याच आउट गरेका छन्। छैठौं विकेट शरद भेष्वाकरले साद विन जफर आउट गरे।

करण केसीले ३५ औं ओभरमा क्यानडाका हम्जा तारिकलाई आउट गर्दै पाँचौं विकेट लिएका छन्।

बसन्त रेग्मीले २६ औं ओभरमा एनएस धलीवाललाई आउट गर्दै चौथो विकेट लिएका छन्।

सन्दिप लामिछानेले १७ औं ओभरमा डीएन पाथीराना र १३ औं ओभरमा एनआर कुमारलाई आउट गरे। १० औं ओभरमा वसन्त रेग्मीले आर गुनसेकरालाई आउट गर्दै पहिलो विकेट लिएका थिए।

...........

चार खेलबाट ६ अंक जोडेको नेपाल कमजोर रनरेटका कारण तेस्रो स्थानमा झरेको छ । समूहचरणको अन्तिम खेलमा नेपालले क्यानाडाविरुद्ध खेल्दा नामिबियाले चौथो स्थानको युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल क्यानाडासँग पराजित भए शीर्ष दुईमा रहेर जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्ने सम्भावना समाप्त हुनेछ। जुन टोलीले जित्छ त्यही टोली शीर्ष दुईमा हुने भएकाले नेपालजस्तै क्यानाडा पनि जित्नै पर्ने दबाब हुनेछ।

प्रकाशित: २ फाल्गुन २०७४ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App