१५ चैत्र २०८० बिहीबार
खेल

नेपाललाई जितको लागि २८ रनको आवश्यकता

काठमाडौं– नामिबियामा जारी आइसीसी विश्व क्रिकेट डिभिजन २ मा नेपाललाई जितका लागि अब २८ रनको आवश्यकता छ। ७ ओभरको खेल बाँकी रहँदा ८ विकेट गुमाएर १११ रन बनाएको नेपालले अब २८ रन जोडे जित्नेछ। नेपाललाई नामिबियाले जितका लागि १३९ रनको लक्ष्य दिएको छ।

अहिले सोमपाल कामी र बसन्त रेग्मीले क्रिज सम्हालिरहेका छन्। 

....
यसअघि रोहित कुमार पौडेल ६० बलमा १६ रन बटुलेर आउट भएका छन्। उनी आउट भएसँगै नेपालको ८औं विकेट झरेको छ। ७ औं विकेटमा ६७ बलमा सर्वाधिक २९ रन बटुलेका शरद भेषवाकर आउट भएका थिए। 

....

शुन्य रनमा दिलिप नाथ पेभेलियन फर्किएपछि दोस्रो विकेटका रुपमा नेपालका कप्तान पारस खड्का ४५ बलमा १९ रन बनाउदै आउट भए। उनलाई विलियमले आउट गरेका थिए।

त्यस्तै आरिफ शेख शुन्य रनमा आउट भए, भने चौथो विकेटमा उप कप्तान ज्ञानेन्द्र मल्ल ४५ बलमा १५ रन जोड्दै आउट भएका थिए। मल्ललाई पनि विलियमले आाउट गरेका हुन्।

पाँचौ विकेट दिपेन्द्र सिंह ऐरिले १० बलमा ६ रन जोड्दै आउट भएका थिए। ३ रन बटुलेर करन केसि छैटौ विकेटमा आउट भए। 

प्रकाशित: २५ माघ २०७४ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App