coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

फाइनल प्रवेशका लागि पुलिस र धरान भिड्दै

पोखरा – पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा विहिबार (आज) नेपाल पुलिस क्लब र धरान फुटबल क्लब भिड्दैछन । खेल पोखरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई टाईब्रेकरमा ५–४ ले पराजित गर्दै धरान र मनाङ मस्याङ्दीलाई ३–१ ले निराश पार्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेका हुन।

उपाधि दाबेदार आर्मी र मनाङलाई पराजित गरेकाले दुवै टोली उच्च मनोवलका साथ फाइनल प्रवेशका लागि मैदान प्रवेश गर्नेछन् । दुवै टोलीमा युवा खेलाडीको बाहुल्यता रहेकाले खेल निकै रोमाञ्चक र प्रतिस्पर्धी हुने अनुमान गरिएको छ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशको उत्तर बरिन्धरा फुटबल क्लबलाइ ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै थ्री स्टारले फाइनलको यात्रा तय गरिसकेको छ।

पोखरा रंगशालामा माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा २ विदेशीसहित १२ टोली मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लव, संकटा, धरान फुटबल क्लब, सूदुरपश्चिम–११ स्पोर्टिङ क्लब, थ्रीस्टार क्लव, झापा–११, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबको सहभागिता रहेको छ।

आहा रारा गोल्डकपको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने छन् । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ।

 

प्रकाशित: १८ माघ २०७४ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App