८ वैशाख २०८१ शनिबार
खेल

आहा रारा गोल्डकपमा नेपाल पुलिस क्लब र झापा ११ भिड्दै

पोखरा – पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुदैछ। 

खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ।

केहिबर्ष अघिसम्म मोफसलमा आयोजना हुने सबै प्रतियोगिताको उपाधि दाबेदार टोली नेपाल पुलिस क्लबले पछिल्लो समय भने कमजोर प्रदर्शन गर्दै आएको छ। यता पुलिससँग प्रतिस्पर्धा गर्न लागेको झापा ११ भने मोफसलमा आयोजना हुने प्रतियोगिताको दाबेदार टोली हो। 

यसअघि विहिबार भएको खेलमा सिएमजी क्लब संकटामाथि १–० को जित निकाल्दै विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ।
एपिएफलाई जित दिलाउन म्यान अफ दी म्याच आदित्य चौधरीले फ्रि–किकमार्फत २८ औं मिनेटमा गरेको एउटै गोल निर्णायक बन्यो ।

पाएका थप अवसरलाई गोलमा परिणत गर्न नसक्दा एपिएफ साघुरो जितमा खुम्चिएको थियो । ५८औं मिनेटमा युवराज खड्काले वान भर्सेस वानको स्थितीमा पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार विपक्षी खेलाडीले क्लियर गरेका थिए। 

अत्यन्तै प्रतिस्प्र्धात्मक खेलमा संकटाले पनि गोलका केही राम्रा मौका खेर फालेको थियो । २९औं मिनेटमा अनिल गुरुङको प्रहार विपक्षी गोल किपरले जोगाए भने ५६औं मिनेटमा हेमन्त थापा मगरको फ्रि–किकमा प्राप्त बललाई अनिलले भ्ट्टाउन सकेनन् । संकटाले गतवर्ष प्रतियोगिताको सेमिफाइनलसम्मको यात्रा गरेको थियो । 

पोखरा रंगशालामा माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा २ विदेशीसहित १२ टोलीको सहभागिता रहनेछ।

मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लव, संकटा, धरान फुटबल क्लब, सूदुरपश्चिम–११ स्पोर्टिङ क्लब, थ्रीस्टार क्लव, झापा–११, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबसहित आयोजक सहारा क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

आहा रारा गोल्ड कप प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने छन्। हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ।
 

 

प्रकाशित: १२ माघ २०७४ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App