१६ चैत्र २०८० शुक्रबार
खेल

दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि भारतलाई

युएई – पाकिस्तानलाई २ विकेटले पराजित गर्दै भारतले दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि जितेको छ।
युएईमा शनिबार सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको ३०९ रनको लक्ष्य भारतले ३८ दशमलव २ ओभरमा ८ गुमाई भेट्टायो।

भारतका लागि सुनिल रमेशले ९३ र अजय तिवारीले ६२ रनको योगदान दिए।

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले ४० ओभरमा ८ विकेटको क्षतिमा ३०८ रन बनाएको थियो। पाकिस्तानका लागि रियाशत खानले ४६ र निशर अलिले ४७ रनको योगदान दिएका थिए । भारतले दोस्रो पटक दृष्टिविहीन विश्वकप क्रिकेटको उपाधि उचालेको हो ।

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपालले अन्तिम खेलमा अष्ट्रेलियालाई पराजित गर्दै १ मात्र जित दर्ता गरेको थियो । अन्य ४ खेलमा भने नेपालले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई नतिजा सुम्पिएको थियो ।

प्रकाशित: ७ माघ २०७४ ०८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App