६ वैशाख २०८१ बिहीबार
खेल

खप्तड गोल्ड कपः एपिएफ फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

धनगढी – आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ।

धनगढी रङ्गशालमा आइतबार भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पक्का गरेको हो।

एपिएफका लागि अन्जन विष्ट र नवीन लामाले गोल गरेका थिए। लामा खेलका ‘म्यान आफ दि म्याच’ घोषित भए।

सोमबार हुने फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मीसँग भिड्ने छ।

प्रकाशित: ३० पुस २०७४ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App