१६ चैत्र २०८० शुक्रबार
खेल

टोटनह्याम चौथो चरणमा प्रवेश, आर्सनल बाहिरियो

टोटनह्याम हट्सपर एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गर्दा साबिक विजेता आर्सनल भने तेस्रो चरणबाटै बाहिरिएको छ । 

आइतबार राति सम्पन्न खेलमा प्रिमियर लिगको पाँचौं स्थानमा रहेको  टोटनह्यामले ए.एफ.सी. विम्बल्डनलाई ३–० ले पराजित गर्यो  । टोटनह्यामको जितमा ह्यारी केनले २ तथा यान भर्टोङ्गनले १ गोलको योगदान दिए । 

त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा प्रिमियर लिगको छैटौं स्थानको  साबिक विजेता आर्सनल भने नोटिङ्हम फरेस्टसँग ४–२ ले पराजित हुँदै प्रतियोगिताको तेस्रो चरणबाटै बाहिरिएको छ ।

घरेलु  मैदानमा सम्पन्न खेलमा फरेष्टको जितमा लिकाजले दुई तथा ब्रेरेटन र डोवेलले १–१ गोल गरेका थिए । पराजित टोली आर्सनलका लागि पर मर्टेसाकर र ड्यानी वेलबेकले गोल गरे ।

खेलको ८४ औँ मिनेटमा नोटिङ्हमका वोर्राल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । यद्यपी १० खेलाडीमा सिमित भएर पनि स्टार खेलाडीले भरिएको आर्सनलले त्यसको फाइदा उठाउन सकेन ।

प्रतियोगिता अन्तर्गत राति सम्पन्न अन्य खेलमा न्युपोर्ट काउण्टीले लिड्स युनाईटेडलाई २–१ ले  हराएर अघिल्लो चरणमा स्थान पक्का गरेको छ ।

प्रकाशित: २४ पुस २०७४ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App