३१ असार २०७७ बुधबार
खेल

आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौं – नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ।

फेबु्रअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले २१ खेलाडीको छनोट गरेको हो।

छनोट हुनेमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, करण केसी, अनिलकुमार शाह, वसन्त रेग्मी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, ललित भण्डारी, ललितनारायण राजवंशी र आरिफ सेख छन्।

त्यस्तैगरी, शक्ति गौचन, शरद भेषवाकर, सिद्धान्त लोहनी, सोमपाल कामी, रसिद खान, किशोर महतो, सन्दीप लामिछाने, सुनिल धमला तथा सुशन भारी छनोट भएका छन्। रसिद र कशोर भने पहिलोपटक टोलीमा समावेश भएका हुन्।

राष्ट्रिय टोलीका दुई खेलाडी विनोद भण्डारी र सागर पुन भने प्रारम्भिक चरणमा परेनन्।

प्रकाशित: २० पुस २०७४ २०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App