१६ चैत्र २०८० शुक्रबार
खेल

पुरानो क्लब फर्किएका कोस्टाद्वारा पहिलो खेलमै गोल

स्पेन- भर्खरैमात्र चेल्सीबाट आफ्नो पुरानो क्लव एथ्लेटिको मड्रिड फर्किएका डिएगो कोस्टाले पहिलो खेलमै गोल गरेका छन्। कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा एथ्लेटिको मड्रिडले लिइदा इस्पोर्टिओलाई ४-० ले पराजित गर्दा कोस्टाले पनि एक गोल गरेका हुन् ।

खेलको ६४औँ मिनेटमा एन्जल कोरेराको स्थानमा मैदान प्रवेश गरेका कोस्टाले त्यसको पाँच मिनेटमा गोल गरेका हुन् । एथ्लेटिकोका लागि थप ३ गाो खेलको ३३ औं मिनेटमा डिएगो गोडीन, ३७ औँ मिनेटमा फर्नान्डो टोरेस र दोस्रो हाफको इन्जुरी समयको एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए । कोस्टा सन् २०१४ मा एथ्लेटिको मड्रिडबाट चेल्सी गएका थिए ।

प्रकाशित: २० पुस २०७४ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App