८ वैशाख २०८१ शनिबार
खेल

म्यानचेष्टर युनाइटेड पुनः दोस्रो स्थानमा उक्लियो

इङ्ल्याण्ड- इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाएटेड दोस्रो स्थानमा उक्लिएको छ। प्रिमियर लिगअन्तर्गत सोमबार राति सम्पन्न खेलमा एभर्टनलाई २-० हराउँदै युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको हो। यद्यपि युनाइटेडले चेल्सीभन्दा १ खेल बढी खेलेको छ।

म्यान्चेस्टर युनाईटेडलाई  विजयी गराउन एन्थोनी मार्शल र जेसी लिङगार्डले १-१ गोल गरे। जितसँगै म्यान्चेस्टर युनाईटेडको २२ खेलबाट ४७ अंक भएको छ। 

राति सम्पन्न अर्को खेलमा लिभरपुलले बर्नलेलाई २–१ ले पराजित गर्यो। लिभरपुललाई विजयी गराउन साडिओ माने र राग्नर क्लवान १÷१गोल गरे। बर्नलीका लागि बर्ग मुडमण्डसनले एक गोल फर्काए। जितसँगै लिभरपुल ४४ अंकका साथ चौथौ स्थानमा यथावत छ।

त्यस्तै लेष्टर सिटीले हडल्सफिल्डलाई ३-० र न्युकासल युनाईटेडले स्टोक सिटीलाई १-० ले पराजित गरेको छ। ब्राइटन र बर्नमाउथले भने  २–२ को बराबरी खेल्दै अंक बाडेका छन्। 
 

प्रिमियर लिगमा आजपनि ४ खेल हुँदै
प्रिमियर लिगमा आज शीर्ष स्थानको म्यानचेष्टर सिटीले वार्टफार्डको सामना गर्दैछ। त्यस्तै राति एकै समयमा हुने अन्य खेलहरुमा साउथह्याम्पटन र क्रिष्टल प्यालेस, स्वान्सी सिटी र टोट्नह्याम तथा वेष्टह्याम युनाइटेडले वेष्टब्रोम आमने सामने हुँदैछन्। 

प्रकाशित: १८ पुस २०७४ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App