८ वैशाख २०८१ शनिबार
खेल

सबिरमाथि प्रतिबन्ध

ढाका– एक क्रिकेट समर्थकलाई अपमान गरेको भन्दै बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले ब्याट्सम्यान सबिर रहमानसँगको सम्झौता नवीकरण नगर्ने बताएको छ ।
२६ वर्षे रहमानलाई ६ महिना क्रिकेटसम्बन्धी गतिबिधिमा सहभागी हुन प्रतिबन्ध लगाउनुका साथै २४ हजार डलरको जरिवानासमेत गरिएको बिसिबीका अध्यक्ष नाजमसल हसनले भने । बंगलादेशले सोमबार खेलाडीहरूसँग नयाँ सम्झौता गर्ने बताइएको थियो ।
डिसेम्बर २१ मा  सम्पन्न घरेलु प्रतियोगिता दौरान रहिमले एक १२ वर्षे बालकले जिस्क्याएको भन्दै उनलाई गाली गर्नुका साथै हातपातसमेत गरेका थिए । उनले इनिङ ब्रेकको समयमा उक्त बालकलाई साइड स्क्रिनको पछि लगेर हातपात गरेका  थिए  । रहमानले अम्पायरसँग पनि विवाद गरेको र यो विषयमा सुनुवाइका लागि बोलाउँदा समेत बेबास्ता गरेको बताइएको छ ।

‘हामी जस्तोसुकै उत्कृष्ट खेलाडी भए पनि अनुशासनमा बस्नुपर्छ भन्ने सूचना दिन चाहन्छौ,’ हसनले भने, ‘यही  विषयमा अम्पायरले रहमानलाई सुनुवाइका लागि बोलाएका थिए तर उनी त्यहाँ पनि अनुपस्थित भएको पाइयो । हामी अनुशासनहीन खेलाडीसँग सम्झौता गर्र्ने पक्षमा छौनौ ।’

बंगलादेशबाट १० टेस्ट, ४३ एकदिवसीय र ३३ ट्वान्टी–२० क्रिकेटमा सहभागिता जनाएका रहमान बारम्बार अनुशासनको कारबाहीमा मुछिँदै आएका छन् ।
सन् २०१६ मा बंगलादेशी प्रिमियर लिग (बिपिएल) दौरान एक महिलालाई होटलमा बोलाएको भन्दै बिसिबीले उनलाई सम्झौता रकमको ३० प्रतिशत जरिवानासमेत तोकेको थियो । त्यस्तै बोर्डले बिपिएल दौरान बिसिबीको आलोचना गरेको भन्दौ तमिम इकबाललाई ६ हजार डलरको जरिवाना गरेको छ ।

 

 

प्रकाशित: १८ पुस २०७४ ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App