coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

योङ र नोउटनमाथि प्रतिबन्ध

लन्डन– एफएले खेल भावनाविपरीत गतिविधि गरेको भन्दै आइतबार म्यानचेस्टर युनाइटेडका एस्ले योङ र स्वान्सी सिटीका केइले नोउटनमाथि तीन खेलको प्रतिबन्ध लगाएको छ ।

योङले शनिबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा साउथह्यामटनविरुद्ध गोलरहित बराबरीमा सकिएको खेलमा डुसान टाडिकको छातीमा कुइनोले हानेका थिए । योङले गल्ती स्वीकार गरे पनि तीन खेलको प्रतिबन्ध अत्यधिक भएको बताउँदै एफएमा अपिल गरेका थिए । तर उनको अपिल अनुशासन कमिटीले अस्वीकार गरेको एफएले जनाएको छ ।

त्यस्तै शनिबारेै स्वान्सीले वाट्फोर्डलाई २–१ ले पराजित गरेको खेलमा स्टेफानो ओकाकोको नियतवश ख्ट्टामा कुल्चिएका थिए । खेलका क्रममा रेफ्रीले यो दुवै घटना देखेका थिएनन् ।

 

प्रकाशित: १८ पुस २०७४ ००:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App