८ वैशाख २०८१ शनिबार
खेल

चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

लन्डन– चेल्सी इङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति सम्पन्न खेलमा चेल्सीले स्टोक सिटीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै दोस्रो स्थानमा आइपुगेको हो। 

चेल्सीका लागि खेलको तेस्रो मिनेटमा एन्टोनियो रुडिगर, नवैं मिनेटमा डयानी ड्रिङ्कवाटर, २३औं मिनेटमा पेड्रो, ७३औं मिनेटमा विलियन र ८८ औं मिनेटमा जापाकोष्टाले १÷१ गोल गोल गरेका थिए। दोस्रो स्थानमा रहेकोे म्यान्चेस्टर युनाईटेडलाई १ अंकले पछाडी पार्दैै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिन सफल भयो। 

राति नै सम्पन्न अर्को खेलमा म्यान्चेस्टर युनाईटेड साउथह्याम्पटसँग गोलरहित बराबरीमा रोेकिएपछि डिफेन्डिङ च्याम्पियन चेल्सीलाई फाइदा पुगेको हो। म्यानचेष्टर युनाइटेडका लागि खेलको ८२ औं मिनेटमा पाउल पोग्वाले गोल गरेपनि रेफ्रीले अफसाइडको मान्यता दिएपछि युनाइटेड लगातार तेस्रो खेलमा बराबरीमा रोकिन पुग्यो। 

लिगमा लिभरपुल पनि विजयी भएको छ। लिभरपुलले गएराति लेस्टर सिटीलाई २–१ ले हरायो। लेस्टरका लागि जेमी भार्डीले खेलको तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा उ पराजित हुन पुग्यो। लिभरपुलका लागि खेलको ५२ औं र ७६ औं मिनेटमा मोहमेद सलाहले गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।   

त्यस्तै प्रिमियर लिगअन्तर्गत राति सम्पन्न अन्य खेलहरुमा बर्नमाउथले एभर्टन र स्वान्सी सिटीले वाट्फोर्डलाई समान २–१ ले पराजित गरेका छन्। यता हडल्सफिल्ड टाउन र बर्नले तथा न्युकासल युनाईटेड र ब्राईटनले भने गोलरहित बराबरी खैल्दै अंक बाडेका छन्। 

प्रिमियर लिग फुटबलमा आज राती पनि २ खेलहरु हुँदैछन्। जसमा शिर्ष स्थानको म्यान्चेस्टर सिटी र क्रिष्टल प्यालेस तथा आर्सनल र वेष्ट ब्रोम आमने सामने हुँनेछन्। आजको खेलमा सिटी विजयी भए दोस्रो स्थानको चेल्सी भन्दा १६ अंकले अघि रहनेछ। 

प्रकाशित: १६ पुस २०७४ ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App