८ वैशाख २०८१ शनिबार
खेल

मोरङ ११ सेमिफाइनल प्रवेश

पाँचथर– मोरङ ११ पाँचथरको फिदिममा जारी नवौ रुसलान फाल्गुनन्द गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । बुधवार
भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लव काठमाडौँलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै मोरङ सेमिफाइनल प्रवेश गरेको हो । 
खेलअवधिभर दुवै तर्फबाट एक÷एक गोल मात्र भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । 
मोरङको तर्फबाट पहिलो हाफको ३५ आँै मिनेटमा सन्तोष न्यौपानेले एक गोल गरेका थिए । जवाफमा आर्मीको तर्फबाट दोस्रो हाफको १२ आँै मिनेटमा आशीष शाक्यले एक गोल फर्काएका थिए । आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेका मोरङका सुशील राई म्यान अफ दि म्याच घोषित भए । 
प्रतियोगिताअन्तर्गत बिहीबार हुने पहिलो सेमिफाइनलमा अग्नि रुपेन्दही ११ र सुनसरी ११ बीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोटिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले रु तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार प्राप्त गर्नेछन् । यही पुस १६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ । 

प्रकाशित: १२ पुस २०७४ १४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App