१६ चैत्र २०८० शुक्रबार
खेल

इपीएलबाट बाहिरियो चितवन

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ।पराजित भएसँगै चितवन टाइगर्स प्रतियोगिताबाटै बाहिरिएको छ । चितवनले आफुले खेलेका ५ मध्ये १ मा जित र ४ मा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा जितका लागि पाएको ८८ रनको सामान्य लक्ष्य भैरहवाले १८.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। 

भैरहवाको जितमा पुनित मिश्रले २९ बलमा ३०, रोहित कुमार पौडेलले ४० बलमा २० र  भुपेन्द्र थापाले १३ रनको योगदान दिए। चितवन टाइगर्सका सहाब आलम र दिपेन्द्रसिंह ऐरीले २/२ र प्रबिन गुप्ता र कमलसिंह ऐरीले १/१ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। 

यसअघि टस हारेर पहिला ब्याटिङ् गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ ८७ रन बनाएको थियो। 
चितवनका लागि दिपेन्दसिंह ऐरी र योगेन्द्रसिंह कार्कीले समान १५/१५ ललितसिंह भण्डारीले नटआउट १३, र आकाश थापाले ११ रनको योगदान दिए। 

चितवनलाई सस्तैमा समेटन भैरहवाका कप्तान शरद भेषावकरले ३, हरीशंकर शाह र भुवन कार्कीले २/२ तथा पुनित मिश्र र कृष्ण कार्कीले १/१ विकेट चडकाए। चितवनले आज पनि राम्रो प्रदर्शन गर्न नसक्दा ४ विकेटले पराजित हुन पुग्यो।

 

प्रकाशित: ११ पुस २०७४ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App