१६ चैत्र २०८० शुक्रबार
खेल

नेपाली खेलाडीको मिश्रित नतिजा

राजधानीमा जारी  योनेक्स सनसाइन नेपाल अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन बिहिबार भारतका धुर्ब कुमारविरुद्ध  सट प्रहार गर्दै नेपालका रत्नजित तामाङ । तामाङले कुमारलाई २१–१७ र २१–१६ ले पराजित गरेका छन् ।


काठमाडौं–योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय शृंखला ब्याटमिन्टन प्रतियोगिताको दोस्रो दिन बिहीबार नेपालका खेलाडीले मिश्रित नतिजा निकालेका छन् । 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न पुरुष एकल स्पर्धामा प्रिन्स दाहाल, दीपेश धामी, रत्नजित तामाङ र साजन ताम्राकारले विजयी नतिजा निकाल्दा सुनील जोशी, नवीन श्रेष्ठ, टी बिजित, सन्दीप खड्का, सुदीप सेढार्इं, भुगोल गुरुङ, प्रफुल महर्जन, सुमन लिम्बु र दीपक बोहोरा पराजित भए । 
प्रिन्सले नेपालकै विष्णृु कटुवाललाई २१–११, २१–१२ को सोझो सेटमा पराजित गर्दा तामाङले भारतका धु्रव कुमारलाई २१–१७, २१–१६ ले हराएका हुन् । त्यस्तै दीपेशले भारतका साइ चरण कोयालाई  १४–२१,२१–१७, २२–२० को सेटमा पराजित गरे । साजनले नेपालकै प्रफुल महर्जनलाई २१–१२, २३–२१  ले हराए ।
महिला एकल स्पर्धाले नेपालले बिहीबार कुनै पनि खेल जित्न सकेन । नेपालको शीर्ष वरीयताकी नङ्सलदेवी तामाङले भारतकी साइली रानीलाई १३–२१,२१–१४, २१–१२ को नतिजा सुम्पिइन् । नेपालकी अनुमाया राई, शोभा गौचन, जेसिका गुरुङ, सुनैना मुखिया, अम्रिता गिरीले पनि सुखद नतिजा निकाल्न सकेनन् । 

 

 

 

प्रकाशित: ७ पुस २०७४ ००:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App