७ वैशाख २०८१ शुक्रबार
खेल

रूसमाथिको प्रतिबन्ध यथावत्

लन्डन–अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी ९आइपिसी० ले बुधबार रूसको पारा ओलम्पिक कमिटी ९आरपिसी० माथि लगाइएको प्रतिबन्धलाई यथावत् राख्ने जनाएको छ  । तर आइपिसीले रूसलाई सन् २०१८ मा दक्षिण कोरियामा हुने विन्टर पारा ओलम्पिकमा सहभागी हुन दिने वा नदिनेबारे अन्तिम निर्णय भइनसकेको बताएको छ । प्रतियोगिता मार्च ८ देखि सुरु हुनेछ ।
आइपिसीले एक विज्ञप्ति जारी गर्दै रूसका पारा खेलाडीले तटस्थ रूपमा अल्पाइन स्किङ, बियाथलोन, क्रस कन्ट्री स्किङ र स्नोबोर्ड गरी ४ विधामा प्रतिस्पर्धा गर्न सक्ने उल्लेख गरेको छ । विन्टर पारा ओलम्पिकमा रूसलाई सहभागी हुन दिने वा नदिने भन्नेबारे अर्को महिना बस्ने बैठकले निर्धारण गर्न बताइएको छ ।
रूसका खेलाडीहरूले सरकारी अधिकारीको मातहतमै डोपिङ गरेको प्रमाणित भएपछि आइपिसीले रूसलाई गत वर्षको रियो पाराओलम्पिकमा सहभागी हुन प्रतिबन्ध लगाएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आइओसी० ले भने रूसलाई प्रतियोगितामा खेल्ने अनुमति दिएको थियो ।
‘यद्यपि आरपिसीले आइपिसीको समन्वयमा सुधारका संकेत गरे पनि त्यो पूर्ण रूपमा पालना नभएको पाइएपछि उनीहरूमाथिको प्रतिबन्धलाई यथावत् राखिएको छ,’ आइपिसीका प्रमुख एन्ड्य्रु पारसनले बुधबार भने, ‘आइपिसीले निर्देश गरेको पाँच सर्तमध्ये अझै तीनवटा सर्त पूरा हुन बाँकी छ । मुख्य समस्या भनेको रूसी अधिकारीहरू अझै जिम्मेवार बनिसकेका छैनन् ।’ हालै  मात्र आइओसीले रूसलाई फेबु्रअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा  सहभागी हुन प्रतिबन्ध  लगाएको थियो । यद्यपि रूसी खेलाडीले आइओसीको झन्डामुनि प्रतियोगितामा सहभागी हुन पाउने विकल्प खुला राखिएको छ ।

 

प्रकाशित: ६ पुस २०७४ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App