coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इपिएलमा पोखरा राइनोज १० विकेटले विजयी (फाेटाे फिचर)

काठमाण्डौं– एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पोखरा राइनोजले उत्कृष्ट विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न साेमबारकाे पहिलो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९  विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।  चितवन टाइगर्सलेका लागि  कप्तान दिपेन्द्रसिंह ऐरीले ४२ र अनिलकुमार मण्डलले ३२ रनको योगदान गरेका थिए । चितवनलाई ११३ रनमा समेटन पोखराका लागि विदेशी खेलाडीहरु इसरुल्लाहले ४ तथा ताज वलीले ३ विकेट लिए। त्यस्तै विक्रम सोव र कप्तान शक्ति गौचनले एक/एक विकेट दिएका थिए ।

११४ रनको लक्ष्यसहित मैदान उत्रिएको पोखरा राइनोजले १७.४ ओभरमा विना विकेट जित दर्ता गर्न सफल भयो। पोखराले १० विकेटले खेल जित्दै इपिएल क्रिकेटमा उपाधी दावेदारी प्रस्तुत समेत गरेको छ । पोखरा राइनोजलाई १० विकेटको जित दिलाउन बिदेशी खेलाडी इसरुल्लाहले अर्धसतक पुरा गरे । त्यस्तै उनले ५२ बलमा १ चौका र ६ छक्काको मद्वतमा ६१ र सुनिल धमलाले ५४ बलमा ३ चौका र २ छक्काको मदतमा ४६ रन बनाए। यो सँगै पोखरा राइनोजले इपिएल क्रिकेटमा महत्वपूर्ण २ अंक जोड्न सफल भएको छ । प्रतियोगिताको दोस्रो खेलमा केहिछीन पछि ललितपुर प्याट्रियट्स र बिराटनगर वारियर्सको खेल सुरु हुनेछ । सबै तस्विर/विजय राई

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App