१५ चैत्र २०८० बिहीबार
खेल

हाईअल्टीच्युड टेर्निङ सेन्टर बन्ने

जुम्ला – जुम्लामा हाईअल्टीच्युड टेर्निङ सेन्टर बन्ने भएको छ । खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोली जुम्लामा पुगेर अध्ययन गरी हाईअल्टीच्युड टेर्निङ सेन्टरका लागि अनुकुल वातावरण भएकोले लगानी गर्न समस्य नहुने बताएपछि बन्ने भएको हो । ‘यसले कर्णालीको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ,’उनले भने ।
सदरमुकाम खलंगा र पातारासी गाउँपालिकाको लोठचौरमा हाईअल्टीच्युड टेर्निङ सेन्टरका लागि प्रस्ताव गरिएको छ । नेपालका हिमाली तथा पहाडी जिल्लाका लागि हाईअल्टीच्युड टेर्निङ सेन्टर अनुकुल छ । दुई हजार २ सय फिट देखि ३ हजार ५ सय फिट सम्मको उचाईलाई हाईअल्टीच्युड मानिदै आएको छ । सहजै रुपमा खेलाडीले बसोवास र खानपिन गर्न मिल्ने नेपाली मापदण्ड अनुरुपको हाईअल्टीच्युड टेर्निङ सेन्टर वनाउने अभ्यासमा रहेको उनको भनाई छ ।
धावक हरिबहादुर रोकायाले लामो समय देखिएको सपना पुरा भएको बताएका छन् । ‘कयौंपटक जिल्लास्तरमा अन्तरक्रिया गरिएको थियो । मन्त्रालयको टोली जुम्ला पुगेर अध्ययन गरेपछि यस स्थानले प्राथमिकता पाएको छ,’उनले भने ।

 

प्रकाशित: २ पुस २०७४ ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App