७ वैशाख २०८१ शुक्रबार
खेल

स्थानीय टोलीलाई सफलता

धनगढी–सुदूर पश्चिमेली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता फारवेस्ट पशुपति कप फुटबल प्रतियोगितामा शुक्रबार स्थानीय टोलीहरु पिएफए अत्तरिया र फारवेस्ट अत्तरिया स्पोर्टस एकेडेमीले सफलता हासिल गर्दै अन्तिम आठको टिकट काटेका छन् । 
धनगढी रंगशालामा पिएफए अत्तरियाले जुगेडाको मनकामना युवा क्लबमाथि २–० को जित हासिल गर्दा फारवेस्ट अत्तरियाले भने सशस्त्र प्रहरी बलको एपिएफबाट वाकओभर पाएको थियो । विशाल राईले १३औं मिनेटमा गोल गरेपछि पिएफए अत्तरियाले अग्रता लिएको थिाये । अभिशेक रिजालले २५औं मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरे । 
पहिलो हाफमा पूरै मैदानभर निरिह रुपमा प्रस्तुत भएको मनकामनाले दोस्रो हाफमा पुनरागमनको संकेत गरेको थियो । तर पाएका अवसरमा गोल गर्न नसक्दा टोलीले हार स्विकार्नु प¥यो । 
५ लाख रुपैयाँभन्दा बढी नगद पुरस्कार रहेको फारवेस्ट पशुपति कपअन्तर्गत शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा आयोजक फारवेस्ट पशुपति युवा क्लव ‘ए’ले नेपाल प्रहरीसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा आयोजकको ‘बी’ टोलीले पशुपती स्किमिमर्ससँग खेल्नेछ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले डेढ लाख र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 

 

प्रकाशित: १ पुस २०७४ ००:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App