७ वैशाख २०८१ शुक्रबार
खेल

समूह विजेता बन्ने लक्ष्यसित नेपाल म्यानमारसँग भिड्दै

थाइल्याण्ड–एसीसी अण्डर १६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत अघिल्ला २ खेलमा सहज जित हासिल गरेको नेपाल यसअघिनै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरसिकेको छ । आजको खेलमा पनि जित हासिल गर्दै समूह विजेता बन्ने लक्ष्यका साथ नेपाल मैदान उत्रदैछ । 
यसअघिका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो खेलमा थाइल्याण्डलाइ १३३ र दोस्रो खेलमा हङकङलाइ ४ विकेटले पराजित गरेको थियो । ८ राष्ट्र सहभागी प्रतियोगीता राउन्ड रोविन लिगका आधारमा हुनेछ । समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन । खेल नेपाली समय अनुसार बिहान साढे १० बजे सुरु हुदैछ । 

 

प्रकाशित: २८ मंसिर २०७४ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App