१६ चैत्र २०८० शुक्रबार
खेल

रियल मड्रिड क्लब बिश्वकप फुटबलको फाइनलमा प्रवेश

अबूधाबी –ग्यारेथ बेलको निर्णयक गोलको मदतमा रियल मड्रिड क्लब बिश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न खेलमा रियलले दुबईको अल जजिरालाई २–१ ले पराजित गरेको हो । 

पहिलो हाफको ४१ औं मिनेटमा अल जजिराका लागि रोमारिन्होले गोल गर्दै टोलीलाइ अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको रियलका लागि दोश्रो हाफको ५३ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेल १÷१ बराबरीमा ल्याएका थिए ।  

खेलको ८१ औं मिनेटमा करिम बेन्जेमाको ठाउँमा मैदान प्रवेश गरेलगतैे गोल गर्दै ग्यारेथ बेलले रियललाई फाइनलमा पु¥याए । रियलले जजिरासँगको खेलमा ७७ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न भने निकै संघर्ष गरेको थियो ।  अब रियलले फाइनलमा ब्राजिलको ग्रेमियोसँग प्रतिस्पर्धा गर्नेछ । 


 

प्रकाशित: २८ मंसिर २०७४ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App