८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

सन्दिपले दिलाए नेपाललाई तेस्रो सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।

मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा नेपालका स्पिनर सन्दिप लामिछानेले युएईको तेस्रो विकेट झारेका छन्।  

सन्दिपले युएईका आशिफ खानलाई १३ रनमा आउट गरको छन्।  

टस हारेर युएईविरुद्ध बलिङ गरिरहेको नेपालले आफ्नो बलिङले युएईमाथि दबाब दिने प्रयास गरिरहेको छ।

यसअघि नेपालका तीव्र गतिका बलर सोमपाल कामीले लगातार युएईको दुई विकेट लिएका थिए उनले चौथो बलमा युएईका कप्तान मोहम्मद वशिमलाई २७ रनमा आउट गरे भने खालिद शाहलाई ३ रनमा आउट गरे। वशिमले १६ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए ।

हालसम्मको अवस्थामा युएईले ११ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा ७१ रन बनाएर ब्याटिङ गरिरहेको छ।

नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटमा संयुक्त अरब इमिरेट्स(युएई) विरुद्धको सेमिफाइनलमा तेस्रो विकेट लिएको छ। 

मूलपानी क्रिकेट मैदानमा शुक्रवार जारी आइसिसी ट्वान्टी–२० विश्वकप (एसिया क्वालिफायर) सेमिफाइनलमा आक्रामक ब्याटिङ गरिरहेको युएई चार ओभरको समाप्तिमा ३० रन जोडेको छ। ओमानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका विवेक यादवले पनि युएईविरुद्ध अवसर पाएका छन्। 

प्रकाशित: १७ कार्तिक २०८० ०६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App