त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत युएईविरुद्ध नेपालले तीन विकेट गुमाएको छ।
जितका लागि १४१ रन पछ्याएको नेपालले तेस्रो विकेट आसिफ शेखलाई गुमाउन पुगेको हो। शेख ८ दशमलब ५ ओभरमा ५१ रन हुँदा आउट भएका हुन। उनी २३ रन बनाएर आउट भएका हुन।
यस अघि कुसल मल्ल ७ ओभरमा टोलीको ४५ रन हुँदा आउट भएका हुन । उनले जम्मा ११ रन बनाए।
कुसल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाउनु परेको थियो । नेपाले पहिलो विकेट ४ दशमलब २ ओभरमा २४ रन हुँदा गुमाएको हो । कुसल भुर्तेल व्यक्तिगत १४बलमा १ चौकासहित १४ रन बनाएर आउट भएका हुन । ताजास्थीतीमा नेपालले १० ओभरमा ३ विकेट गुमाएर ६३ रन बनाएको छ।यस अघि काठमाडौको माथिल्लो मुलपानीस्थित क्रिकेट मैदानमा भइरहेको यो खेलमा नेपालले टस जितेर युएईलाई पहिला व्याटिङ गर्न लगाएको हो।युएईले पहिला व्याटि व्याटिङ निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाएको हो।
युएईका लागि सबै भन्दा वढि ३८ बलमा १ चौका र ४छक्कासंगै ५१ रन बनाए।अली नसीरले ३२ , कप्तान मुहम्मद वसीम १७ तथा आसिफ़ ख़ाले १५ रन बनाए।
नेपालका करण केसीले ४ ओभरम १९ रन खर्चेर ३ विकेट लिए।त्यसैगरी गुल्सन झाले २ विकेट अभिनास बोहरा र सोमपाल कामीले एक एक विकेट लिए।
प्रकाशित: १ कार्तिक २०८० १०:०४ बुधबार