८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

युएईविरुद्ध नेपालको दोस्रो विकेट गयो

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत युएईविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ। जितका लागि १४१ रन पछ्याएको नेपालले दोस्रो विकेटमा कुसल मल्ललाई गुमाउन पुगेको हो । कुसल मल्ल ७ ओभरमा टोलीको ४५ रन हुँदा आउट भएका हुन ।  

यस अघि कुसल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाउनु परेको थियो । नेपाले पहिलो विकेट  ४ दशमलब २ ओभरमा २४ रन हुँदा गुमाएको हो । कुसल भुर्तेल व्यक्तिगत  १४बलमा १ चौकासहित १४ रन बनाएर आउट भएका हुन । ताजास्थीतीमा नेपालले ८ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको छ।

यस अघि काठमाडौको माथिल्लो मुलपानीस्थित क्रिकेट मैदानमा भइरहेको यो खेलमा नेपालले टस जितेर युएईलाई पहिला व्याटिङ गर्न लगाएको हो।युएईले पहिला व्याटि व्याटिङ  निर्धारीत २० ओभरमा  ७ विकेट गुमाएर १४० रन बनाएको हो। 

एईका लागि सबै भन्दा वढि  ३८ बलमा १ चौका  र ४छक्कासंगै  ५१ रन बनाए।अली नसीरले ३२ , कप्तान मुहम्मद वसीम  १७ तथा आसिफ़ ख़ाले १५ रन बनाए।

नेपालका करण केसीले ४ ओभरम १९ रन खर्चेर ३ विकेट लिए।त्यसैगरी गुल्सन झाले २ विकेट अभिनास बोहरा र सोमपाल कामीले एक एक विकेट लिए। 

प्रकाशित: १ कार्तिक २०८० ०९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App