८ वैशाख २०८१ शनिबार
खेल

तीन तेक्वान्दो खेलाडीलाई अभिनन्दन

धनकुटा, कात्तिक २२ –अन्तराष्ट्रिय क्षेत्रमा नेपालकाे नाम उच्च राखेको भन्दै धनकुटाका तीन तेक्वान्दो खेलाडीलाई अभिनन्दन गरिएको छ । तेक्वान्दो डोजाङ्ग हिलेको आयोजनामा सम्पन्न भएको अभिनन्दनमा धनकुटा १ हिलेका बिनिता घिमिरे, सुनिता तामाङ्ग र धनकुटा राजारानीका शुक्र बिकलाई हिले बजार परिक्रमा गराई अभिनन्दन गरिएको हो ।

गत अक्टोबरमा थाईल्याण्डमा भएको सातौ अन्तिराष्ट्रिय तेक्वान्दो प्रतियोगिता  र मकाउमा भएको खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण सहित २ रजत र एक कास्य पदक विजेतालाई सम्मान गरिएको हो । घिमिरेले अक्टोबर २१ मा थाईल्याण्डमा भएको ४६ केजी समूहको खेलमा कास्य र अक्टोबर २९ मा मकाउमा भएका ४९ केजी समूहमा स्वर्ण पुरस्कार जितेकी थिईन् । तामाङ्गले ५३ केजी समूहको खेलमा थाईल्याण्डमा स्र्वण र मकाउमा रजत पदक जितेकी थिईन । ७३ केजी पुरुष समूहतर्फ बिकले थाईल्याण्डमा रजत र मकाउमा स्वर्ण जितेका थिए । 

प्रकाशित: २२ कार्तिक २०७४ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App