विश्वकप क्रिकट २०२३ अन्तर्गत आज पाकिस्तान र भारत विच खेल हुँदैछ। भारतको हमदावादमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार आज दिउँसो २ :१५ बाट सुरु हुनेछ ।
जारी विश्वकप क्रिकेटमा दुवैको यो तेस्रो खेल हो।यस अघि दुवैले लगातार दुवै खेल जितेका छन। अंक तालिकामा भारत तेस्रो तथा पाकिस्तान चौथो स्थानमा रहेका छन।
५० ओभरको विश्वकप क्रिकेटमा यी दुई विच अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएको छ । सातै पटक भारतले पाकिस्तानलाई हराएको छ । टी २० विश्वकपमा पनि यी दुई सातै पटक आमने सामने भएका छन । ५ पटक भारतले खेल आफ्नो पक्षमा पारेको छ भने एक पटक पाकिस्तानले भारतलाई हराएको छ। एक पटक भने खेल बराबरीमा सकिएको छ। विश्वकप क्रिकेटमा भारतले दुई पटक उपाधि जितेको छ भने पाकिस्तानले एक पटक उपाधि हात पारको छ ।
एक दिवसीय खेलमा भारत र पाकिस्तान विच अहिले सम्म १३४ पटक प्रतिस्पर्धा भएको छ। पाकिस्तानले ७३ पटक खेल जित्दा भारतले ५६ पटक पाकिस्तानलाई पराजित गरेको छ भने ५ पटक खेल बराबरीमा सकिएको छ । त्यसैगरी टी २०मा १२ पटक प्रतिस्पर्धा हँुदा भारतले ९ तथा पाकिस्तानले ३ पटक खेल जितेका छन। त्यसैगरी टेस्ट क्रिकेटमा अहिले सम्म भारत र पाकिस्तान विच ५९ पटक खेल भएको छ । १२ पटक पाकिस्तानले भारतलाई हराएको छ भने भारतले ९ पटक खेल जितेको छ। त्यसैगरी ३८ पटक खेल बराबरीमा सकिएको थियो।
भारतको टोली
रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, मोहम्मद शामी, रविन्द्रन आश्विन, ईशान किशन र सूर्यकुमार यादव ।
पाकिस्तानको टोली :
फखार जमान, इमाम उल हक, अब्दुल्लाह शफिक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमद, अघा सलमान, मोहम्मद नवाज, शादब खान, उस्मा मिर, शाहिन शाह अफ्रिदी, हरिस रौफ, मोहम्मद वासिम जुनियर र हसन अली ।
प्रकाशित: २७ आश्विन २०८० ०१:०३ शनिबार