७ वैशाख २०८१ शुक्रबार
खेल

शाहलाई लक्ष्मी बैंक ओपनको उपाधि

काठमाडौं– विकास शाहले शनिबार गोकर्ण गल्फ क्लबमा ३८ स्कोर गर्दै काउन्ट ब्याकमा लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। 

६ ह्यान्डी क्यापका साथ खेलेका शाह र विजय श्रेष्ठ इन्हाउसको स्टेबलफोर्ड स्कोर समान ३८ थियो । फ्रन्ट नाइनमा समान १८ स्कोर गरेका दुवैले ब्याक नाइनमा २० स्कोर गरेका थिए । तर पछिल्ला ६ होलमा शाहले १३ स्कोर गर्दा इन्हाउसले भने १२ स्कोरमात्र गर्न सकेका थिए। 

शाहले १८ होलको प्रतिस्पर्धामा एउटामात्र बर्डी प्रहार गरेका थिए । १६औं होलमा बर्डी खेलेका उनले छैटौं, आठौं, नवौं, १४औं र १५औं होलमा बोगी खेपेका थिए । यसैगरी १ ह्यान्डीक्यापका गल्फर इन्हाउसले १०, ११ र १७औं होलमा बर्डी खेलेका थिए भने पाँचौं र १५औं होलमा बोगी खेपेका थिए। 

एक खेलाडीले एउटामात्र पुरस्कार पाउने प्रतियोगिताको नियमअनुसार काउन्ट ब्याकमा मुख्य उपाधि गुमाएपछि ३७ ग्रस स्कोर गरेका इन्हाउसले बेस्ट ग्रसको पुरस्कार रोजे । सुरेन्द्र फुयाललाई काउन्ट ब्याकमा पराजित गरेका माधव सिंखडा (३७) उपविजेता भए। 

६० वर्षमाथिको सिनियर विधामा लोब्साङ टासीले उपाधि जित्दा प्रतिमा शेर्पा महिलातर्फ च्याम्पियन भइन । महिलातर्फ रेखा घिमिरे उपविजेता भइन । यसैगरी टासी घलेले पाहुना विधाको उपाधि जित्दा सुरेन्द्र फुयाल विशेष विधाको विजेता बने । श्रीयोग बस्न्यातले जुनियरको उपाधि जिते। 

त्यस्तै नोर्बु शेर्पाले लङगेस्ट ड्राइभको पुरस्कार जित्दा तीन बर्डी प्रहार गरेका फुन्सोक एन लामाले काउन्ट ब्याकमा सर्बाधिक बर्डीको पुरस्कार हात पारे । टासी छिरिङ र टासी घलेले पनि तीन÷तीन बर्डी प्रहार गरेका थिए। 

स्टेबलफोर्ड पद्दतिअनुसार ३÷४ ह्यान्डीक्यापमा खेलाइएको प्रतियोगितामा कुल १ सय ३ एमेच्योर खेलाडीको सहभागिता थियो । प्रतियोगिताका विजेताहरुलाई लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथान लगायतले पुरस्कृत गरे। 

प्रकाशित: १२ कार्तिक २०७४ ०५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App