१५ चैत्र २०८० बिहीबार
खेल

काग्लियारीका प्रशिक्षक बर्खास्त

मिलान- काग्लियारीका प्रशिक्षक मासिमो रास्टेली यो सिजन इटालियन सिरी ‘ए’ मा बर्खास्तगीमा पर्ने पहिलो प्रशिक्षक भएका छन् ।
जारी सिजनमा क्लबको प्रदर्शन खराब भएपछि उनी बर्खास्तगीमा परेका हुन् ।
४८ वर्षे रास्टेलीले सन् २०१६ मा काग्लियारीलाई सिरी ‘बी’ को उपाधि जिताउँदै सिरी ‘ए’ मा डो¥याएका थिए । गत सिजन ११औं स्थानमा बस्दै प्रतियोगिता अन्त्य गरेको काग्लियारीले यो सिजन सोचेअनुरूप प्रदर्शन गर्न सकेको छैन । ८ खेलको समाप्तिमा २ जितका साथ ६ अंकमा सीमित भएको काग्लियारी १४औं स्थानमा छ ।
‘रास्टेलीले दुई वर्ष क्लबमा पु¥याएको योगदानका लागि हामी उनलाई धन्यवाद दिन चाहन्छौ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनको प्रशिक्षणमा क्लबले सिरी ‘बी’ को विजेताको हैसियतमा सिरी ‘ए’ को यात्रा तय गरेको थियो ।  शीर्ष डिभिजनमा उक्लिएको पहिलो वर्षमै ११औं स्थानमा रहेर सिजनको अन्त्य ग¥यो । उनको आगमी दिन शुभ होस् ।’
सहायक प्रशिक्षक निकोला लेग्रोटेग्ली र डारियो रोसी पनि बर्खास्तगीमा परेका छन् ।

 

प्रकाशित: २ कार्तिक २०७४ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App