१६ चैत्र २०८० शुक्रबार
खेल

फाइनलमा नेपाल र भारत

काठमाडौं- नेपाल र भारत अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । ३ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोबिन लिगमा नेपाल उपविजेता र भारत विजेता बन्दै फाइनलमा पुगेका हुन् । नेपालले एक÷एक जित र हारको सामना गर्दै ३ अंक जोड्यो । दुवै खेलमा जित निकालेको भारतले ६ अंक बटुल्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा भारतले नेपाललाई ५१–२६ ले पराजित ग¥यो । भारतका अमित नगर उत्कृष्ट रेडर तथा विनीत शर्मा उत्कृष्ट केचर चुनिए ।
नेपाल र भारत भिड्नु अगावै दुवै टिम फाइनलमा पुगिसकेका थिए । त्यस खेलअगाडि नै दुवैले बंगलादेशलाई हराइसकेकाले दुवैको स्थान फाइनलमा सुरक्षित भइसकेको थियो ।
शुक्रबारै भएको पहिलो खेलमा भारतले बंगलादेशलाई १७–९ ले हराएको थियो । त्यस्तै प्रतियोगिताको पहिलो दिन बिहीबार नेपालले बंगलादेशमाथि ३७–३५ को जित दर्ता गरेको थियो । अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

प्रकाशित: ७ आश्विन २०७४ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App