coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ज्ञानेन्द्र मल्लको शतक

काठमाडौं- उपकप्तान ज्ञानेन्द्र मल्लले शतक पूरा गरेपछि हङकङविरुद्धको तयारी खेलका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार स्थानीय मेलापोर रिक्रियसन क्लबलाई ५२ रनले हराएको छ ।
चेन्नईस्थित एसआरएम युनिभर्सिटी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो । पहिलो खेलमा धराशयी बनेको अग्रपंक्तिले बिहीबार सम्हालिएर खेलेपछि नेपाल सम्मानजनक स्कोर बनाउन सफल भयो । १ सय २३ बल खेलेका ज्ञानेन्द्रले १३ चौका र १ छक्का हान्दै शतक पूरा गरे । शतक पूरा गरेपछि पवेलियन फर्कंदै उपकप्तान ज्ञानेन्द्रले अन्य ब्याट्सक्यानलाई मौका दिएका थिए ।
ज्ञानेन्द्रबाहेक शरद भेषावकरले ४८ रन बनाउँदा ओपनर सागर पुनले २५ रन बनाए । पारस खड्काले २२ तथा करण केसीले २० रन जोडे । सोमपाल कामी १६ रनमा अविजित रहे । अघिल्लो खेलमा १ रन बनाएका विनोद भण्डारी शून्यमा पवेलियन फर्किए । मेलापोर रिक्रियसनका एम गणेशमूर्थि, एभिआर रथनम र एन हरिसले समान २÷२ विकेट लिए ।
२ सय ५२ रनको लक्ष्य पछ्याएको मेलापोर रिक्रियसनले ८ विकेट गुमाएर १ सय ९९ रन मात्र जोड्न सक्यो । नेपालका सुशन भारी, सागर पुन र दीपेन्द्रसिंह ऐरीले समान २÷२ विकेट लिए भने सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।
घरेलु टोलीका ओपनर सुधन सञ्जीवले ३७ तथा आर विवेकले ३८ रन बनाए । मोहम्मद आसिफ याले ३३ रन जोड्दा रथनम ३५ रनमा अविजित रहे । गणेशमूर्थिले ११ तथा सन्नी कुमारसिंघेले १० रन बनाए ।

प्रकाशित: ६ आश्विन २०७४ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App