coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मोक्तान र पूरी जोडीले जिते नाफिया कर्पोरेट ब्याडमिण्टनको उपाधि

काठमाडौं- दोस्रो नाफिया कर्पोरेट ब्याडमिण्टन प्रतियोगिताको उपाधि अरुण ओभरसिजका सन्तोष मोक्तान र हिमालयन ह्युमन रिर्सोस्का तुलसी पुरीले जितेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजनामा गरेको दोस्रो नाफिया कर्पोरेट कपको फाइनल खेलमा मोक्तान र पूरीको जोडीले उपहार ह्युमनका श्याम पराजुली र इलाइट गोरखाका लालबहादुर गुरुङको जोडीलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो।

उपाधीसँगै मोक्तान र पुरीको जोडीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, कर्पोरेट कप विधामा उपविजेता उपहारका पराजुली र इलाइटका गुरुङको जोडीले ३० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो। सोही विधामा पिताम्बर खनाल र मन्जुश्रीका ध्रुव खत्रीको जोडी तथा यूनाईटेडका शुक्र पाख्रिन र आकर्षणका मिलन थापाको जोडीले सेकेण्ड रनरअफको पुरस्कार क्रमशः १५रर१५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितको एक्जुकेटिभ नाफिया कप म्यान्स डबलतर्फको उपाधि रिमिक्सका सुरोज महर्जन र प्रफुल महर्जनकोे जोडीले कब्जा गर्यो। शेर्पा ट्रेडका प्रिन्स दाहाल र सुनिल जोशीको जोडीलाई हराउँदै जोडीले पनि ५० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उक्त विधामा फष्ट रनरअफ शेर्पा ट्रेडका प्रिन्स दाहाल र सुनिल जोशीको जोडीले ३० हजार नगद शील्ड तथा प्रमाणपत्र प्राप्त गर्यो।

एपीएफका निरबिक्रम देवकोटा र बुर्तिबाङका दिलेन्द्र पुनको जोडी र अन्नपूर्ण ब्याट्मिन्टनका राम बानिया र नवीनबाबु श्रेष्ठको जोडीले सेकेण्ड रनरअफको पुरस्कार क्रमशः १५ र १५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाएका छन्।

गत शनिबारदेखि सुरु भएको प्रतियोगिताको श्रम तथा रोजगार राज्यमन्त्री डिल्लिबहादुर चौधरी र संघका अध्यक्ष रोहन गुरुङले संयुक्तरुपमा उद्घाटन गरेका थिए। संघका उपाध्यक्ष तथा ब्याडमिण्टन प्रतियोगिताका संयोजक शुक्र पाख्रिनले सबै पक्षको सहयोगमा प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको बताए।

प्रकाशित: ४ आश्विन २०७४ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App