८ वैशाख २०८१ शनिबार
खेल

च्याम्पियन बन्ने लक्ष्यसहित भुटानविरुद्ध उत्रँदै नेपाल (भिडियो)

नेपाली यु १९ क्रिकेट टोली मलेसियाको मैदानमा सामूहिक तस्विर खिचाउँदै। तस्विरः कमल

मलेसिया —मेलिसयामा भइरहेको एसिसी यु १९ इस्टर्न रिजनको दोस्रो खेल भोलि बुधबार नेपालले भूटानसँग खेल्दैछ। यसअघि थाइल्यान्डलाई पराजित गरिसकेको नेपाल आक्रमक खेल खेल्ने सुरमा छ। हुन त यसै पनि भुटान नेपालका लागि ठूलो चुनौती होइन। तर नेपालको लक्ष्य समुह चरण विजेता बन्दै सेमिफाइनलमा पुग्ने सुरमा छ। यसो गर्न सके नेपालले नोभेम्बरमा मलेसियामै हुने यु १९ एसिया कपमा खेल्न पाउनेछ।

कप्तान दिपेन्द्र भन्छन्, 'हामीले यो प्रतियोगितालाँई एसिया कप तयारीको रुपमा लिएका छौं। त्यही अनुसार खेल्नेछौं। एसिया कप खेल्नको लागि हामीले यहाँबाट च्याम्पियन भएर फर्कनु पर्छ।’

मलेसियामा भैरहेको एसिसी यु १९ इस्टर्न रिजनको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनले हराउँदै आफनो स्तरलाई देखाएको थियो। प्रशिक्षक विनोद दास र कप्तान दिपेन्द्र सिंह ऐरी समुह चरणमा जति सक्दो कम समय खर्च गरेर खेल जित्ने रणनीतिमा छन्।

प्रशिक्षक विनोद दास प्रत्येक ब्याटसम्यानले कम्तिमा २० रन बनाएर फर्कनु पर्ने बताउँछन्। ‘हाम्रो सुरुआतको सबै खेलाडीले २० रन भन्दा माथि प्रहार गर्नु पर्छ। त्यसपछि २, ३ खेलाडीले अर्धसतक, सतक प्रहार गर्ने कोसिस गर्नुपर्छ’, उनी भन्छन्।  यसैगरी नेपालको बलिङ र फिल्डिङमा दासलाई कुनै चिन्ता छैन। पहिलो खेलमै सन्दिप लामिछानेले ६ रन खर्चेर ७ विकेट लिएर प्रतियोगितामा सबैको ध्यान आफुतर्फ तान्न सफल भएका छन्।

सन्दिप राष्ट्रिय टोली र अस्ट्रेलियामा व्यावसायिक क्रिकेट खेलेका खेलाडी हुन्। यहाँ भैरहेका खेलमा सन्दिपले बिपक्षी ब्याटसम्यानलाई सुरुआतमै तनाबमा राखेर वलिङ गरिरहेका छन्। उनको वलिङमा आत्मविश्वास छ। जसले नेपालको खेललाई थप बलियो बनाएको छ।

भुटान पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो।

राष्ट्रिय टोलीबाट पनि प्रभावशाली प्रदर्शन गरिरहेको कप्तान दीपेन्द्र ऐरी यसै प्रतियोगिताबाट कप्तानीको जिम्मेवारीमा आएका हुन्। सहायक प्रशिक्षक कलाम अली उनमा क्रिकेट बुझ्न सक्ने गजबको क्षमता रहेको बताउँछन्। कप्तान दिपेन्द्र भन्छन्, 'हामीले यो प्रतियोगितालाँई एसिया कप तयारीको रुपमा लिएका छौं। त्यही अनुसार खेल्नेछौं। एसिया कप खेल्नको लागि हामीले यहाँबाट च्याम्पियन भएर फर्कनु पर्छ।’

भिडियो हेर्नुहोस्

प्रकाशित: २७ भाद्र २०७४ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App