१६ चैत्र २०८० शुक्रबार
खेल

इपिएलका मालिकको नाम सार्वजनिक

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) ले शुक्रबार फ्रेन्चाइज क्लबका मालिक र ‘मार्की प्लेयर’ को नाम सार्वजनिक गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एभरेस्ट प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभन, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा लिजेन्ड्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ सहरका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौं किङ्सको स्वामित्व रोहित गुप्ताले लिएका छन् भने ललितपुरको स्वामित्व किशोर महर्जनले लिएका छन् । विशाल अग्रवालले विराटनगर किङ्सको स्वामित्व लिँदा आदित्य सांघाईले भैरहवाको स्वामित्व लिएका छन् । पोखराको स्वामित्व शाहिल अग्रवालले लिए भने चितवनको किशोर भट्टराईले लिएका छन् । आयोजकले १० वर्षका लागि ६ टोलीलाई बेचेको हो । आयोजकले क्लबको रकम भने खुलाएको छैन ।

इपिएलका संस्थापक आमिर अख्तरले २०१४ बाट यो प्रतियोगिता हँुदै आए पनि यो संस्करण नयाँ स्वरूपमा हुने बताए । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का विराटनगरका मार्की खेलाडी बनेका छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल ललितपुरका मार्की खेलाडी बन्दा पोखराले शक्ति गौचनलाई मार्की खेलाडी बनाएको छ । दीपेन्द्रसिंह ऐरी चितवन टाइगर्स, शरद भेषावकर भैरहवा र सोमपाल कामी काठमाडौं किङ्सका मार्की खेलाडी हुन् ।

टोलीका अन्य खेलाडीहरू बोल बढाबढ (अक्सन)बाट छनोट गरिनेछ । खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ समूहमा वर्गीकरण गरेर अक्सन गरिने आयोजकले जनाए । एक टिममा १५ खेलाडी रहनेछन् । १० खेलाडी अक्सनबाट, ३ विदेशी र १ स्थानीय प्रतिभाबाट छनोट गरिनेछ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले नेपालमा यस्तो प्रतियोगिता पहिलो पटक हुन लागेको भन्दै आगामी दिनमा ५० ओभरका प्रतियोगिता पनि हुने विश्वास व्यक्त गरे ।

प्रकाशित: २४ भाद्र २०७४ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App