७ वैशाख २०८१ शुक्रबार
खेल

ताजतिकस्तानसँग खेल्न २३ सदस्यीय नेपाली टोली, कप्तान अनिल परेनन्

काठमाडौं- एएफसी एसिया कप छनोट अन्तर्गत ताजतिकस्तान विरुद्धको खेलका लागी छनोट गरिएको २३ सदस्यीय नेपाली फुटबल टोलीमा जर्ज प्रिन्स कार्कीले स्थान बनाएका छन्।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्याटुको कोजीले शनिबार एसिया कप छनोट प्रतियोगिता खेल्ने खेलाडी छानेका हुन। नेपालले घरेलु मैदानमा मंगलबार ताजकिस्तानसँग खेल्दैछ । शनिबार छनोट गरिएको टोलीमा ४९ क्याप खेलिसकेका राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ पर्न सकेनन । यसैगरी रक्षक मान बहादुर तामाङ र गोलकिपर एलन न्यौपाने पनि टोलीमा पर्न सकेनन ।

टोलीमा घाइते भएर आराम गरिरहेको रक्षक आदित्य चौधरी राष्ट्रिय टोलीमा फर्किएका छन । टोलीमा गोलकिपरमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथु, रक्षक बिराज महर्जन, देबेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य, कमल श्रेष्ठले स्थान बनाए ।

यसैगरी मिडफिल्डबाट सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अन्जन विष्ट, बिक्रम लामा, विशाल राई, हेमन्त थापा मगर, सुजल श्रेष्ठ स्ट्राइकरमा बिमल घर्तीमगर, जर्ज प्रिन्स, नवयुग श्रेष्ठ र भरत खवास परेका छन।

 

प्रकाशित: १७ भाद्र २०७४ १४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App