coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बंगलादेशी भलिबल टोली काठमाडौंमा

काठमाडौं-  नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राष्ट्रिय पुरुष टोली आइतबार काठमाडौं आइपुगेको छ। नेपाल र बंगलादेशले लगनखेलस्थित आर्मीको कभर्ड हलमा भदौ १३ र १४ गते गरी दुई मैत्रीपूर्ण खेल खेल्नेछन्। मैत्रीपूर्ण खेलका लागि २१ सदस्यीय बंगाली टोली आइतबार काठमाडौं आइपुगेको हो।

नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको अवसरमा दुई देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्न लागिएको नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केले बताइन्।

आइतबार बंगलादेशको टोलीलाई उपाध्यक्ष मास्केसहितको टोलीले त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो।

मैत्रीपूर्ण खेलले आगामी १३औं दक्षिण एसियाली खेलकुद(साग)को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीको स्तर बढाउन सहयोग गर्ने उपाध्यक्ष मास्केले बताइन्।

भलिबललाई गत जेठमा नेपाल सरकारले राष्ट्रिय खेलको रूपमा घोषणा गरेको थियो। त्यसयता नेपालले डेनमार्कको 'ए' डिभिजन क्लब भिलवोभासँग दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ। पहिलो खेलमा ३-२ को सेटमा पराजित नेपालले दोस्रो खेलमा भिलवोभालाई १७–२५, २५–१५, २५–२३, २५–२३ ले पराजित गरेको थियो।

प्रकाशित: १२ भाद्र २०७४ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App