८ वैशाख २०८१ शनिबार
खेल

भारतको लगातार दोस्रो जित

पाल्लखेले- महेन्द्रसिंह धोनी र भुवनेश्वर कुमारको सम्हालिएको प्रदर्शनप्रेरित भारतले बिहीबार दोस्रो एक दिवसीय खेलमा श्रीलंकालाई ३ विकेटले पराजित गरेको छ। १३१–७ को स्थितीमा ब्याटिङ गर्न आएका भुवनेश्वर कुमार (५३)ले धोनी (४५)सँग अविजित १ सय रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेपछि भारतले विजयी लक्ष्य ४४.२ ओभरमा पूरा गर्दै शंृखलामा २–० को अग्रता लिएको हो।

यसअघि श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २ सय ३६ रनको योगफल खडा गरेको थियो। तर दोस्रो इनिङ सुरु हुनुअघि वर्षाले खेल अबरुद्ध गरेपछि भारतले डकवर्थ लुइस पद्दतीमा ४७ ओभरमा २ सय ३१ रनको नयाँ लक्ष्य पाएको थियो।

ओपनर रोहित शर्मा (५४) र शिखर धवन (४९)ले पहिलो विकेटका लागि १ सय ९ रनको साझेदारी गरेपछि भारतले सहजै लक्ष्य भेट्टाउने अनुमान गरिएको थियो।  तर त्यसपछि २२ रन जोड्दा ७ विकेट गुमाएपछि भारत दबाबमा परेको थियो। म्यान अफ दी म्याच एकिला धनन्जयले ६ विकेट लिएपछि श्रीलंका खेलमा हाबी भएको थियो।

प्रकाशित: १० भाद्र २०७४ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App